Comprehensive medical and accident coverage in Korea
✨ 실비 बीमा (실비 / 종합 보험)
मुख्य कभरेज विवरण
कोरियामा दुर्घटनामा परी मृत्यु भएको अवस्थामा आफ्नो परिवार लाई रु. १ करोड नेपाली रकम व्यवस्था छ।
कोरियामा कम्पनीभित्र वा बाहिर दुर्घटना परेर असक्त भई काम गर्न नसके अवस्थामा, रु. ३ करोड नेपाली रुपैयाँसम्मको व्यवस्था छ।
कोरियामा कुनै रोगको कारणले असक्त भएको अवस्थामा रु. १ करोड नेपाली रकम व्यवस्था छ।
कोरियामा देखा परेको रोगहरू (क्यान्सर रोग, मुटुसम्बन्धी रोग, नशा सम्बन्धी रोग) देखा परेमा सम्पूर्ण अप्रेसन को खर्च उपलब्ध गराई क्रमशः १०/२० लाख नेपाली रकम को क्षतिपूर्ति को पनि व्यवस्था छ।
दुर्घटनाको कारण ले गर्नुपर्ने सम्पूर्ण अप्रेसन खर्च (कम्पनी बाहिर, भित्र) उपलब्ध गराइन्छ।
कोरियाको बसाईमा हुने सम्पूर्ण रोगका कारणले गर्नुपर्ने अप्रेसन को खर्च उपलब्ध गराइन्छ।
फ्र्याक्चर सम्बन्धी अथवा अरु कुनै किसिमका समस्याको अप्रेसन खर्च वा उपचार खर्च उपलब्ध गराइन्छ।
मुगौला सम्बन्धी अप्रेसन गर्न खर्च उपलब्ध गराउने।
भर्ना र दैनिक भत्ता
शरीरको कुनै पनि हड्डीको भाग भाँचिएको अवस्थामा कम्तिमा ५ लाख WON उपलब्ध गराइने।
शारीरिक आङभङ्ग क्षति भएमा कम्तिमा ५ लाख WON उपलब्ध गराइने।
कोरियामा पारिवारिक बसाईको क्रममा हुन गएको आङभङ्ग क्षति (화재 벌근-가족) उपलब्ध गराइने।
दुर्घटना अथवा कुनै रोगको कारणले हस्पिटलमा भर्ना भएको अवस्थामा दश पटकसम्म बिमा रकम छुट पाइने।
चोट पटक अथवा रोगको कारण ले हस्पिटल भर्ना भएको अवस्थामा प्रत्येक दिन कम्तिमा ७०,००० WON र बढीमा १,४०,००० WON सम्म पाइने।
चोट पटक लागेर हस्पिटल भर्ना भएको अवस्था मा (Personal Helper) Health Care गर्ने मान्छे राख्नु पर्ने अवस्थामा प्रत्येक दिन १,००,००० WON सम्म पाइने।
सामान्य उपचार खर्च
कोरियामा हुने सामान्य अस्पताल खर्च अथवा चेकजाँच खर्च, X-ray, CT scan, MRI को खर्च पनि ब्यहोर्ने।
सामान्य थेरापी र सुई (INJECTION) हरु सम्बन्धी पनि खर्च पाइने।
हस्पिटल भर्ना हुँदा प्रत्येक दिन भत्ता पाइने। एउटा समस्याको लागि बढीमा ६ महिनासम्मको लागि।
कोरियामा हुने सम्पूर्ण खालको रोग र दुर्घटना को उपचार खर्च र क्षतिपूर्ति पाइने। (कम्पनी बाहिर/भित्र सबै ठाउँ)
⚠️ महत्वपूर्ण जानकारी
बिमा गर्नु भन्दा पहिलाको प्रमाणित रोगहरू जुन कोरिया रेकर्ड बसिसकेको छ भने त्यस्तो केसमा चाहिँ त्यो कुराको लागि बिमा प्रयोग गर्न नपाइने।
Interested in Silbi Insurance (Comprehensive Medical)?